शुक्रबार, वैशाख ७, २०८१

कार दुर्घटना हुँदा ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको ज्यान गयो

नेपालखोज २०७६ मंसिर २३ गते १४:१८

२३ मंसिर, बुटवल । कार दुर्घटनामा हुँदा ग्लोबल आइएमई बैंकका शाखा प्रमुख रहेका कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको ज्यान गएको छ ।

कपिलवस्तुको बाणगङ्गा ८ मा बा ८ च ६३९० नम्बरको निजी कार दुर्घटना हुँदा ग्लोबल आइएमई बैंकको बनगाई शाखाका प्रमुख पाण्डेको ज्यान गएको हो ।

पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको उक्त निजी कार सोमबार विहान सवा ८ बजे दुर्घटना ग्रस्त हुँदा अन्य तीनजना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ।

अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा कार अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया