बिहीबार, वैशाख ६, २०८१

तीन बालिकासहित होटलबाट अमेरिकन नागरिक समातिए

नेपालखोज २०७६ मंसिर २३ गते १५:००

२३ मंसिर, काठमाडौं । बालिकाहरुलाई यौन शोषण गरेको आरोपमा अमेरिकन नागरिक पक्राउ परेका छन् । ४० वर्षिय ज्यासनलिड मुडीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो ।

एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर एक सय ४ बाट उनलाई पक्राउ गरिएको ब्यूरोको एसपी बेलहादुर पाण्डेले बताए । तीन बालिकासहित कोठामा आपत्तिजनक अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानमा उनी बाल यौनदुराचारी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मुडीसँग तीन वटा पासपोर्ट, चार वटा मोबाइल लगायत सामान समेत बरामद गरेको छ ।

प्रतिक्रिया