बिहीबार, चैत १५, २०८०

सीमा विवाद छलफलबाट समाधान गर्न सकिन्छ : भारतीय राजदूत

नेपालखोज २०७६ मंसिर २४ गते ६:५१

२४ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताएका छन् । राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहेका राजदूत पुरीले गोरखापत्र र दि राइजिङ नेपाललाई दिएको एक विशेष अन्र्तवार्तामा सो कुरा बताएका हुन् ।

नक्सा विवादका विषयमा उनले भने– त्यो नक्सा भारत भित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो । नेपाल लगायत अन्य कुनै देशको बाहिरी सिमानसँग सम्बन्धित थिएन । जुन सीमाना विगतका नक्साहरूमा थियो त्यही नै नयाँ नक्सामा पनि थियो ।

समाधानका उपाय बारे उनको भनाइ थियो–हाम्रो युगौंदेखि रहँदै आएका १८ सय किलोमिटर लामो खुला सीमाना छ । त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छ यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नु पर्ने हुन्छ । हामीहरू छलफल पनि गरिरहेका छौ ।

उनले सीमा जस्तो विषयमा निकै महत्वपूर्ण विषय भएको र यस्तो कुरामा थोरै सावधान हुनु पर्ने भन्दै यस्तो विषयमा कसैलाई पनि अबसर दिनु नहुने बताए ।
नेपालका वर्तमान अबस्थाबारे उनले भने, नेपालले धेरै राम्रा कामहरू गरेको छ र विश्वले त्यसलाई अनुभुत गरिरहेको छ । नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा उक्लने तयारी ठीक ढङगले अगाडि बढाएको छ । यो खबर आजको गाेरखापत्र दैनिकमा छ।

प्रतिक्रिया