बिहीबार, कार्तिक ६, २०७७

न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोटमा परि पाँचको मृत्यु, ८ जना बेपत्ता

नेपालखोज २०७६ मंसिर २४ गते ९:०८

एजेन्सी । न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य ८ जना हराइरहेका छन् ।
न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी सोमबार बिस्फोट भएको हो । बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक नै रहेको स्थानीय अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

३४ जनाको सो क्षेत्रबाट सकुशल उद्धार गरिएको छ । ३१ जना अहिले पनि अस्पतालमा छन्, उनीहरुको उपचार जारी रहेको जनाइएको छ । ज्यान गुमाएका पाँच मध्ये तीनजना अस्ट्रेलियन रहेको हुन सक्ने भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिन्ता व्यक्त गरेका छन् ।

बेपत्ता तथा घाइते भएकाहरुमा अधिकांश अमेरिका, चीन, मलेसिया तथा न्युजिल्याण्डका नागरिक छन् । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मंगलबार पत्रकार सम्मेलन गरी घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । बेपत्ताहरुको खोजी जारी रहेको छ । तर उनीहरुलाई जीवित उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको बताइएको छ ।

Advertisement

प्रतिक्रिया