मंगलबार, वैशाख ४, २०८१

वीरगंजमा भेटियो आमाछोरीको शव, पतिले हत्या गरेको आशंका

नेपालखोज २०७६ मंसिर २४ गते ९:३१

२४ मंसिर, पर्सा । वीरगंज महानगरपालिका १२ मुर्ली नयाँ टोलमा सोमबार राति बन्द कोठाबाट आमाछोरीको शव फेला परेको छ। आमा–छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ ।

मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र दुई वर्षकी छोरी मृत भेटिएका हुन् ।

स्थानीय मोहन झाको घरमा शव फेला परेको हो । घरमा दुर्गन्ध फैलिएपछि घरधनी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । मृतकका पति पवन फरार रहेकोले हत्यापछि शव छोडेर भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया