शुक्रबार, वैशाख १४, २०८१

साग : भुटान विरुद्धको फाइनल फुटबलमा नेपालले फेरी लियो अग्रता

नेपालखोज २०७६ मंसिर २४ गते १६:१७

२४ मंसिर, काठमाडौँ। १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले फेरी अग्रता लिएको छ ।

भुटान विरुद्धको खेलमा पहिलो १६ औँ मिनेटमा नै पहिलो गोल गरेर अग्रता लिएको नेपालले त्यसको लगत्तै एक गोलको बराबरीमा रोक्किनु परेको थियो ।

पहिलो हाफ अघि बराबरीमा रहेको नेपालले हाफ पछिको खेलमा एक गोल थप्दै भुटान भन्दा अघि रहेको छ ।

खेल दशरथ रंगशालामा जारी छ ।

प्रतिक्रिया