बुधबार, वैशाख १२, २०८१

सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग

नेपालखोज २०७६ मंसिर २६ गते ७:१३

२६ मंसिर, काठमाडौं । सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग छन् । अपुग शिक्षक दरबन्दी सिर्जना गरी वा अनुदान लिएर भएपति पूर्ति गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

सरकारी विद्यालयमा अहिले १ लाख ५३ हजार ५ सय २३ शिक्षक कार्यरत छन् । तीमध्ये स्थायी एक लाख ११ हजार १४५ र राहत कोटामा ४२ हजार ३७८ जना रहेको छ ।

मुलुकभर ३० हजार को हाराहारीमा सरकारी विद्यालय छन् । शिक्षा नियमावली अनुसार प्राथमिक तहसम्म सञ्चालन भएका विद्यालयमा न्यूनतम तीनजना शिक्षक दरबन्दी वितरण गर्नुपर्छ।

निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयमा क्रमशः न्यूनतम ४ र ६ वटा शिक्षक दरबन्दी वितरण गर्नुपर्ने शिक्षा मानव स्रोत विकास केन्द्रका सहायक महानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया