बिहीबार, वैशाख ६, २०८१

जाडोयाममा पनि रोकिएन डेंगुको संक्रमण

नेपालखोज २०७६ मंसिर २६ गते ९:३६

२६ मंसिर, काठमाडौँ । जाडोयाम शुरू भइसक्दा पनि डेंगुको संक्रमण नरोकिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले पछिल्ला १० दिनमा ५१ जना परीक्षण गराउन आएकामा ७ जनामा डेंगु देखिएको बताइन् ।

काठमाडौं, पोखरासहित मुलुकका विभिन्न भागमा न्यून मात्रामा डेंगुको संक्रमण देखिइरहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले जानकारी दिए ।

विशेषज्ञहरूले भने डेंगु सार्ने लामखुट्टेमा चिसो प्रतिरोध गर्ने क्षमता विकास भएको विषयमा विस्तृत अध्ययन गर्नुपर्ने औंल्याएका छन् । नेपाली समाजमा लामखुट्टेको लार्भा जाडोयाममा मर्छ, चिसोमा लामखुट्टेजन्य संक्रमण हुँदैन भन्ने मान्यता छ ।

प्रतिक्रिया