बिहीबार, चैत १५, २०८०

२ लाख विद्युत् ग्राहक थपिए ४ महिनामा

नेपालखोज २०७६ मंसिर २६ गते १५:४६

२६ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बितेको चार महिनामा करिब २ लाख ग्राहक थपेको छ । ऊर्जा मन्त्रालयसहित विद्युत प्राधिकरणले ग्रामीण विद्युतीकरणलाई तीव्र बनाएपछि यी ग्राहक थपिएका हुन् ।
प्राधिकरणका अनुसार असारसम्म ३९ लाख ग्राहक थिए भने सो भनेर हाल करिब ४१ लाख पुगेका छन् । प्राधिकरणले पहिलो चौमासिकमा १३ अर्ब ३० करोड विकास बजेट खर्चिएकामा ठूलो हिस्सा विद्युतीकरणमा भएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘रिपोर्टहरुमा ऊर्जा मन्त्रालयको विकास खर्च कम भएको भनेर आए पनि त्यस्तो अवस्था छैन, प्राधिकरणले शतप्रतिशत लक्ष्य हासिल गरेको छ,’ उनले भने, ‘हामीले आफ्नै स्रोतबाट खर्च गरेका छौं, तर अर्थमन्त्रालय सम्बद्धले निकायले निकासा नदिँदा खर्च कम देखिएको हो ।’

यो वर्ष ४० जिल्लामा पूर्ण विद्युत सेवा र्पुयाइसक्ने घिसिङ बताउँछन् । हालसम्म काभ्रे, पर्वत, स्याङ्जा, काठमाडौं, भुक्तपुर पूर्ण विद्युतीकरण भएका जिल्ला हुन् । अत्यन्तै विकट क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सोलारमार्फत विद्युतीकरण गर्ने भन्दै घिसिङले सम्भव भएको स्थानसम्म राष्ट्रिय प्रसारण नै र्पुयाइने बताए ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाइमा विद्युतीकरणसँगै विद्युत मिटरको सहज उपलब्धता, चोरी नियन्त्रणको प्रभावकारी प्रयास, प्राधिकरणको सुधारिएको सेवा प्रवाहले ग्राहक संख्या बढाउन मद्धत गरेको छ ।
‘ग्राहक थपिँदा यसले चुहावट नियन्त्रणमा पनि सहयोग पुग्छ भने विद्युतीय सुरक्षाको पक्ष पनि सबल बन्छ,’ उनले भने, ‘नयाँ ठाउँमा विजुली पुग्दा जनताले पनि गुणस्तरीय जीवनयापन गर्न पाएका छन् ।’

प्रतिक्रिया