मंगलबार, वैशाख ४, २०८१

बेलायत आम निर्वाचनः बोरिस जोनसन सरकारमा फर्किने सम्भावना

नेपालखोज २०७६ मंसिर २७ गते ८:५२

एजेन्सी । बेलायतको आम निर्वाचनमा कन्जरवेटिभ पार्टी फेरि सरकारमा फर्किने सम्भावना देखिएको छ । बिहीबार भएको निर्वाचनको बीबीसील–स्काइ–आइटीबीले गरेको एक्जिट पोलमा बोरिस जनसनको कन्जरजेटिभ पार्टीको स्पष्ट बहुमत आउने देखिएको हो ।

एक्जिट पोलका अनुसार ६ सय ५० सिटको ससदमा कन्जरवेटिभ पार्टी ३६८, लेबर पार्टी को १९१, लिबरल डेमोक्रेट्स को १३, एसएनपीलाई ५५ प्राप्त हुनेछ। तर ब्रेग्जÞिट पार्टीलाई भने एक सीट पनि प्राप्त हुने देखिएको छैन् ।

यो नतिजाअनुसार कन्जरवेटिभ पार्टी २०१७ भन्दा ५० सिट बढी जित्दैछ। सरकार बनाउनका लागि कुनैपनि पार्टीले ३२६ सिट जित्नुपर्छ । यदि अन्तिम नतिजा पनि यहीअनुसार आयो भने प्रधानमन्त्री बोरिस जनसन आफ्नो शर्तअनुसार युरोपियन युनियनबाट अलग हुने निर्णय लिनेछन्।

सरकार ब्रेग्जिट लागू गर्न तुरुन्तै कदम चाल्ने उक्त पार्टीका नेताहरु बताउँछन्। क्रिसमस भन्दा पहिले नै यस सम्बन्धी विध्यक ससदमा पेश भइसक्नेछ।

प्रतिक्रिया