शुक्रबार, चैत १६, २०८०

उपत्यकाको मौसममा आयो सुधार, आइतबारबाट पूर्ण रुपमा सुधार हुन्छ

नेपालखोज २०७६ मंसिर २८ गते ११:२४

२८ मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसममा सुधार भएको छ । शुक्रबारदेखि सुरु भएको वर्षा रोकिएर शनिबार (आज) घाम लागेको छ । यद्यपि काठमाडौँमा वर्षासँगै चिसो बढेको छ ।

पश्चिमी न्यून चापीय वायुको प्रभावले वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । मौसमविद्का अनुसार आइतबारबाट मौसममा क्रमशः सुधार हुँदै जानेछ ।

प्रतिक्रिया