शुक्रबार, वैशाख ७, २०८१

सुदूरपश्चिमका विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गरिदै

नेपालखोज २०७६ मंसिर २८ गते ४:१६

२८ मंसिर, काठमाडौँ । रोज बहिनी सृजनशिल महिला समाज सुस्ता नवलपरासीले सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरुमा अध्ययनरत किशोरीहरुका लागि निःशुल्क सेनेटरी प्याड तथा सरसफाइ सम्बन्धि सामग्रीहरु वितरण शुरु गरेको छ ।

महिला, बालबालिका तथा किशोरी स्वास्थ्य , शिक्षा र सुरक्षाका क्षेत्रमा काम गर्दै आएको समाजको विद्यालय स्वास्थ्य परियोजना अन्तर्गत शनिबार लम्कीचुहा नगरपालिकाका विद्यालयमा अध्ययनरत किशोरीहरुलाई लम्कीमा सेनेटरी प्याड तथा सरसफाइ सामग्री वितरण गर्दै निः शुल्क सेनेटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो ।

कार्यक्रममा लम्कीचुहा नगरपालिकाका २८ वटा सामुदायिक तथा निजी विद्यालयमा गठीत रोज बहिनी किशोरी क्लवका संयोजक तथा संरक्षक मार्फत प्रत्येक विद्यालयलाई सेनेटरी प्याड तथा सरसफाइ सामग्री वितरण गरिएको र आगामी दिनमा पनि प्याड र आवश्यक सामाग्री वितरण गरिने रोज बहिनी सृजनशील महिला समाज सुदूरपश्चिम प्रदेशका सचिव समिक्षा जोशीले जानकारी दिए । —रंगप्रसाद तिमिल्सैना

प्रतिक्रिया