शुक्रबार, चैत १६, २०८०

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा हुँदै

नेपालखोज २०७६ मंसिर २९ गते १४:३१

२९ मंसिर, विराटनगर । भाषा, संस्कृति, वेषभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७ गते विराटनगरमा १७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने भएको छ ।

मैथिली एशोसिएशन नेपालले आईतबार पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो । मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीका अनुसार नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सम्मेलनमा सहभागिता हुनेछन् ।

सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषिका कविकवयत्रीलाई सम्मान गरिने छ । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटन स्थलहरुको समेत प्रचारप्रसार गरिने मैथिली एशोसिएशन नेपालका सल्लाहकार पङ्कज बर्माले बताए। सम्मेलनको अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका विभिन्न २० वटा कक्ष राखिने उनले जानकारी दिए ।

प्रतिक्रिया