शुक्रबार, वैशाख १४, २०८१

नेकपाले नै भन्यो सरकारको काम राम्रो भएन,सुशासन र भ्रष्टाचार नियन्त्रण बाहिर

नेपालखोज २०७६ मंसिर २९ गते १७:४८

२९ मंसिर, काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै सरकारको कामकारबाही सन्तोषजन नभएको बताएको छ । आईतबार आफ्नै पार्टीको सरकारको समीक्षा गर्दै नेकपाले सुशासन र भ्रष्टाचार नियन्त्रणमा खास प्रगतिको अनुभूति नभएको बताएको हो ।

आइतबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा दुबै अध्यक्षको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले ११ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनका अनुसार सरकारलाई कमी कमजोरीबाट बचाउन पार्टीले नेतृत्वदायी भूमिका खेल्न सकेन ।

प्रतिवेदनमा सरकारको उपलब्धीका रुपमा सात बुँदा उल्लेख गरिएको छ भने जनताको आशा र अपेक्षा पूरा गर्न सरकारले सुधार गर्नुपर्ने ६ बुँदे सुझाव छ ।

सुझावमा निजामति सेवासँग सम्बन्धि छाता ऐनदेखि नागरिकतासम्बन्धी ऐनस्म्म यथाशीघ्र निर्माण गरी संविधानद्वारा निदृष्ट मर्म र भावनाअनुसार तीन तहको सरकारहरुलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने,

गुठी विधेयकबाट शिक्षा लिँदै विधेयकहरु मस्यौदा गर्दा सरोकारवाला र विज्ञहरुसँग सल्लाह गर्न, संवैधानिक तथा राजनीतिक नियुक्तिहरु समावेशी र समानुपातिक मान्यताअनुससार गर्नुपर्ने ,

सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण अझ प्रभावकारी कदम चाल्न र पूर्वाधार निर्माणका ठूला आयोजनाहरु अगाडि बढाउन जनतालाई ठोस परिणाम दिन समय लाग्ने भन्दै तत्काल परिणाम देखिने र राहत महसुस गर्ने योजनाहरुमा पनि ध्यान दिन भनिएको छ ।

प्रतिक्रिया