शुक्रबार, चैत १६, २०८०

रम्भा मावि पहिलो बालमैत्री विद्यालय

नेपालखोज २०७६ मंसिर ३० गते ७:५६

३० मंसिर, पाल्पा । रम्भा गाउँपालिका–५ को ताहुँमा रहेको रम्भा माध्यमिक विद्यालयलाई पाल्पाको पहिलो बालमैत्री विद्यालय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालमैत्री विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

उनले भने, “गाउँपालिकालाई बालबालिकामैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हकअधिकार प्रदान गर्न विद्यालय बालमैत्री अभियान चलाएको हो । ”

सोही अवसरमा जनता प्रावि, चण्डेश्वरी प्रावि, प्राकृतिक आधारभूत विद्यालय, जनजागृति आधारभूत विद्यालयलाई पनि बालमैत्री विद्यालय घोषणा गरिएको थियो ।

बालमैत्री स्थानीय शासन समन्वय समिति, गाउँपालिकाका पदाधिकारीसहितको टोलीले निरीक्षण तथा अनुगमनपश्चात् बालमैत्री विद्यालय घोषणा गरिएको थियो । यसका लागि ५० वटा सूचकमा ८० अङ्क प्राप्त आवश्यकता पर्दछ ।

बालमैत्री विद्यालय स्थापना भएपछि बालबालिकाको अर्थपूर्ण सहभागिता हुने र सहभागिताको लागि सहभागिता नभई वास्तविकरुपमै बालबालिकाको उपस्थिति हुने बालमैत्री स्थानीय शासन समन्वय एकाइका सम्पर्र्क व्यक्ति शिवप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया