बिहीबार, वैशाख १३, २०८१

पौडेल समूहले फेरि बोलायो गुटको बैठक 

नेपालखोज २०७६ मंसिर ३० गते १४:१९

३० मंसिर, काठमाडौँ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गुटगत बैठक बोलाएको छ ।

पौडेल पक्षले संस्थापन पक्षसँग यस अघि वार्ता गरेको थियो । सो वार्तापछि फेरि गुटगत शिर्ष नेताहरुबीच छलफल गर्दै पार्टीको बैठकमा नजाने निर्णयगरि आजै दिउँसो ३ बजेकालागि पौडेल पक्षको बैठक बस्न लागेको हो ।

संस्थापन र इतर पक्षविचको सहमतिकालागि प्रयास भने जारी राखिएको छ ।

१४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ ।

प्रतिक्रिया