बिहीबार, वैशाख १३, २०८१

भ्रमण बर्षलाई लक्षित गरी ओमानमा राजदुतहरुको बैठक

नेपालखोज २०७६ मंसिर ३० गते १८:२१

३० मंसिर, काठमाडौ । ओमानको राजधानी मस्कटमा भिजिट नेपाल २०२० लाई प्रभाबकारी रुपमा सफल बनाउन सो क्षेत्रमा नेपाली राजदुतहरुको बैठक सम्पन्न भएको छ ।

ओमानकालािग नेपाली राजदुत शर्मिला पराजुली ढकालको सयोजनमा भएको बैठकमा भएको बैठकले नेपाल भ्रमणलाई प्रभाबकरी बनाउन अप्रेंशन काउन्सिल (जिसीसि) र मध्यपुर्ब तथा उत्तर अफ्रिकी राष्ट्र (एमइएनए)का सदस्य रहेका बिभिन्न राष्ट्रका लागि नेपाली राजदुतहरु सहभागी रहेका थिए ।

सो बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिब शंकर बैरागी र सस्कृति , पर्यटन तथा नागरिक मन्त्रालयका सचिब केदारबहादुर अधिकारी पनि सहभागी थिए ।

बैठकमा ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाल , इजिप्टका लागि नेपाली राजदुत झबिन्द्र अर्याल , युनाइटेड अरब इमिरेट्का लागि नेपाली राजदुत कृष्ण ढकाल , इजरायलका लागि नेपाली राजदुत अञ्जना शाक्य , पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल , कुबेतका लागि नेपाली राजदुत दुर्गाप्रसाद भण्डारी , कतारका लागि नेपाली राजदुत नारदनाथ भारद्धाज, साउदी अरबका लागि नेपाली राजदुत महेन्द्रप्रताप सिह राजपुत लगायत थिए ।

बैठकले भ्रमण बर्षभरि सो क्षेत्रका नागरिकहरुलाई नेपाल भ्रमण जाने बाताबरण सिर्जना गर्ने रणनीति समेत बनाएको बताइएको छ ।

प्रतिक्रिया