शुक्रबार, वैशाख १४, २०८१

पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

नेपालखोज २०७६ पुष १ गते १४:२१

१ पुस, काठमाडौँ । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले मृत्युदण्डको फैसला सुनााएको हो । मुशर्रफ हाल दुबईमा उपचाररत छन् । मुशर्रफले भने आफुमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दा निराधार भएको दाबी गर्दै आएका छन् ।

उनले एक आफुले देशद्रोह होईन देशको सेवा गरेको, देशकै लागि युद्ध लडेको बताउँदै आएका छन् । उनले केही दिनअघि एक भिडियो मार्फत छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह पनि गरेका थिए । उनले यस्तो आरोपले आफुमाथि अन्याय भैरहेको पनि बताएका छन् ।

पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई देशद्रोहको एक मुद्दामा इस्लामाबादको विशेष न्यायालयले ३१ मार्च २०१४ मा अभियुक्त बनाएको थियो । २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज) सरकारमा आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । उनी पाकिस्तानको इतिहासमै संविधानको अपहेलनाको मुद्दा खेप्ने पहिलो व्यक्ति हुन् ।

उनको यस मुद्दाकै न्यायिक पक्षलाई ध्यानमा राख्दै विशेष अदालतको प्रमुख नै चार पटक फेरिएको थियो । मुशर्रफ भने देशद्रोहीको आरोप लागेपछि एक पटक मात्र अदालतमा उपस्थित भए त्यसपछि कहिल्यै अदालतमा उपस्थित भएनन् ।

मार्च २०१६ मा स्वास्थ्यको कारण देखाएर उनी विदेश गए । सत्तारुढ पार्टी मुस्लिम लिग (नून)ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो, जसका कारण उनी देश बाहिर जान पाए ।

मुशर्रफको राजनीतिक इतिहास

मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको शासन सत्ता हातमा लिएका थिए । २००१ को जुनमा सैन्य प्रमुख रहेकै बेला आफैंलाई राष्ट्रपति घोषित गरे । २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराएर उनी थप पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए ।

२००७ अक्टोबर/नोभेम्बरमा फेरि राष्ट्रपतिको चुनाव जिते । तर त्यसबेला उनी विरुद्ध सर्वोच्चमा मुद्दा प¥यो । त्यसपछि उनले देशमा संकटकाल लगाए । मुख्य न्यायाधीश इफ्तिखार चौधरीलाई हटाएर नयाँ मुख्य न्यायाधीश नियुक्त गरे र चुनावलाई वैधानिकता दिलाए ।

दुई मुख्य सत्तारुढ पार्टीले उनीविरुद्ध महाअभियोग लगाउने सहमति गरेपछि उनले २००८ अगष्टमा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया