कास्की २ बाट निर्वाचित विद्या भट्टराईले लिइन् सांसदको शपथ
१ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार (आज) पद तथा गोपनियताको शपथ ग्रहण गरेकिछन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले शपथ ग्रहण गराएकी हुन । सपथ ग्रहण पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले आफ्नो कार्यकालमा विकास निर्माणका अपूरा काम पूरा गर्ने प्रतिवद्धता जनाइन् ।
१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।
तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।
प्रतिक्रिया