बिहीबार, वैशाख ६, २०८१

रहेनन् कांग्रेस महासमिति सदस्य एवंम पूर्वसभासद ढुंगेल

नेपालखोज २०७६ पुष १ गते १७:०३

१ पुस, काठमाडौँ । पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका ढुंगेलको उपचारका क्रममा मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो ।

ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले ढुङगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

प्रतिक्रिया