बुधबार, कार्तिक ५, २०७७

हतियारसहित तीन जना रौतहटबाट पक्राउ

नेपालखोज २०७६ पुष २ गते १०:१४

२ पुस, रौतहट । तीन जना हतियारसहित रौतहटबाट पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ वर्षीय छोटेलाल साह छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक दिलबहादुर बस्नेत नेतृत्वको मोबाइल गस्ती टोलीले गएराति पौने आठ बजे हतियारसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ । यस्तै धारिलो चक्कु, तार काट्ने औजार, पिलास, पेचकस, मोबाइल लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सुरक्षा बेस क्याम्प फतुवामा राखिएको छ ।

प्रतिक्रिया