शनिबार, मंसिर १३, २०७७

६ करोड लगानीमा एकीकृत बस्ती

नेपालखोज २०७६ पुष ३ गते ७:०४

३ पुस, काठमाडाैं । पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकिकृत बस्ती निर्माणको काम अगाडि बढाएको छ । गाउँपालिका –३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्न लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १ सय सूचीमा सुनकोसी नदीलाई समावेश गरेको हो ।

सुनकोसी नदी किनारामा अवस्थित डब्खाको माझी बस्तीमा निर्माण गर्न लागिएको एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्ने अवधारणा अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

प्रतिक्रिया