शनिबार, वैशाख १३, २०८२

तौल घटाउन बहुउपयोगी हुन्छ गोलभेंडाको जुस

नेपालखोज २०७६ पुष ३ गते ७:४३

भान्सामा तरकारी पकाउदा नभई नहुने चिज हो गोलभेडा । तरकारी मिठो बनाउन गोलभेडा आवस्यक नै मानिन्छ । त्यस्तै गोलभेडाको सूप, सलाद र अचार पनि बनाइन्छ । यसमा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइने हुनाले यसको सेबन गर्नु हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ ।

सबैको प्रिय बनेको गोलभेडाले छालाको चमक बढाउन पनि सहयोग गर्छ । यसमा पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा पाइने मात्र होइन कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । यसको जुस पिउदा निकै फाइदा हुन्छ । गोलभेंडाको जुसले तपाईको हराएको शरीरको ऊर्जालाई ल्याउछ ।

यदि तपाई थकान महशुस गर्नु भएको छ भने उर्जा ल्याउन गोलभेडाको जुस पिउनुहोस् । यसको सेबनले रक्तसञ्चारलाई सन्तुलनमा ल्याउछ । जुस पिउँदा पनि वजन पनि कम गर्छ । तपाइमा भएको बोसो पनि घटाउछ ।

प्रतिक्रिया