बिहीबार, वैशाख १३, २०८१

प्रभु पेको शीर्ष प्रायोजनमा रहेको २६ औं क्यान इन्फोटेक काठमाडौँ र काठमाडौँ बाहिर समेत हुँदै

नेपालखोज २०७६ पुष ३ गते १५:०२

३ पुस, काठमाडौँ । २६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पेले गर्ने भएको छ । आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको क्यान इन्फोटेक २०२० को प्रभु पे, अफिसियल इन्सुरेन्स­ प्रभु इन्सुरेन्स तथा टिकट पार्टनरमा प्रभु पे, इ पे ले प्रायोजन गर्ने कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले जनाएको छ ।

यसैगरी, सिल्भर प्रायोजन लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले गर्ने छ । यस्तै यशोसिएट, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै अन्य अफिसीयल प्रायोजन पनि खुल्ला गरीएको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिबारे चेतनाको दायरा बढाउने उद्देश्य सहित उद्योग तथा उद्यमीहरुको आवश्यक्ताको पहिचानमा सहजताकालागि यो इन्फोटेकको आयोजना गर्न लागिएको महासंघले जनाएको छ । क्यान इन्फोटेकले उद्यमीको आवश्यकतामा सहयोग समेत गर्ने गर्छ । क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ भने उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ ।

प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश नं.३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय तथा प्रदेश ५ को नेपालगञ्जमा जिल्लास्तरीय प्रदर्शनीको आयोजना गरिनेछ ।

प्रतिक्रिया