बुधबार, वैशाख १२, २०८१

प्याब्सन स्पोर्टस् मिट विहिबारदेखि शुरु

नेपालखोज २०७६ पुष ३ गते १८:०८

३ पुस, विराटनगर । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मोरङद्वारा आयोजित ११औँ प्याब्सन स्पोर्टस् मिट–२०७६ विहिबारदेखि विराटनगरको शहीद रङ्गशालामा शुरु भएको छ ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले मिट उद्घाटन गर्दै खेलकूदका माध्यमबाट नेपालको नाम विश्वसामु फैलाउन आवश्यक रहेको बताए।

तीनदिने सो मिटमा जिल्लाका २५० विद्यालयका १२ कक्षासम्मका दुई हजार छात्रछात्राले १३ प्रकारका खेलमा सहभागी जनाएका छन् ।

प्रतिक्रिया