शुक्रबार, चैत १६, २०८०

कैलालीको लम्कीमा बृहत खुल्ला ब्याटमिन्टन प्रतियोगिता शुरु

नेपालखोज २०७६ पुष ३ गते १८:३७

३ पुस, कैलाली लम्की । कैलालीको लम्कीमा विहिबारदेखि बृहत खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ शुरु भएकोे छ । नेपाली काँग्रेस लम्कीचुहा नगर समितीको आयोजनामा शहिद लाल बहादुर बम र लोकराज ढकाल स्मृति कप ब्याडमिन्टन प्रतियोगिता २०७६ शुरु भएको   हो । प्रतियोगितामा देश भरीका ४५ टीमले सहभागिता जनाएका छन ।

“राष्ट्रका लागि खेलकुद, स्वाथ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ खेलको माध्यामबाट सुदुुरपश्चिमको प्रदेशद्धार लम्कीचुहा नगरपालिकालाई देशमै चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ रुपैया, द्धितिय हुने टिमले २५ हजार १ रुपैया तृतिय हुने टिमले १० हजार १ रुपैया नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार हात पार्ने छन । खेल डबल विद्यामा खेलाईने प्रतियोगिताका संयोजक लबबहादुर शाहीले जानकारी दिए ।

तल्कालिन पञ्चायत विरुद्ध भएको जनआन्दोलनमा सरकार पक्षबाट काठमाडौँमा सहादत प्राप्त गरेका नेपाल विद्यार्थी संघका नेता लालबहादुर बम र तत्कालिन विर्दोही माओवादी पक्षबाट २०५४ साल फागुन ४ गते कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा हत्या गरिएका नेपाल तरुण दलका नेता सहिद लोकराज ढकालको स्मृतिमा खुल्ला व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्टले जानकारी दिए ।

ब्याटमिन्टन प्रतियोगिताको उद्घाटन सत्र

ब्याटमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै पूर्वराज्यमन्त्री जनकराज चौधरीले खेलकुदको माध्यामबाट युवाहरुलाई सकारात्मक दिसातर्फ उन्मुख गराउन सकिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य जनक बमले देशैभरबाट प्रतियोगिको रुपमा सहभागि हुन आउनु भएका सबैलाई कैलालीमा स्वागत गदै खेल सौहाद वातावरणमा सम्पन्नं हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता हिमबहादुर रावलले खेल क्षेत्रबाट देशलाई स्वाथ्य र सम्बृद्ध बनाउन सकिने बताउदै सरकारले एक वडा एक खेलकुद मैदानको अवधारणा ल्यानु पर्नेमा जोड दिए ।

सोही कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भक्तबहादुर थापाले शहिदको सम्झनामा आयोजना गरिएको प्रतियोगिताको महत्व बेग्लै रहेको बताउदै यसमा सबैले सहयोग गर्न समेत आग्रह गरे । नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्टले प्रतियोगिता सञ्चानका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिदै यसले लम्कीचुहा क्षेत्रको खेल विकासमा एक नयाँ सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साविकको बलिया गा.वि.सका अध्यक्ष बखतबहादुर विष्टले कार्यक्रम आयोजनाका लागि नेपाली कांग्रेस नगर समितिलाई धन्यवाद दिदै सरकारले खेलाडीहरुको मनोबल बढाउने खालका कार्यक्रम ल्याउन जरुरी रहेको बताए । नगरपालिका भित्र खेलकुद मैदान र व्यवस्थापनको पाटोलाई नगर सरकार, प्रदेश सरकार र संघिय सरकारले समेत सकारात्मक रुपमा लाग्ने आफुलाई विश्वास रहेको बताए ।

प्रतियोगिताका संयोजक लवबहादुर शाहीको स्वागत मन्तव्यसंगै शुरु भएको प्रतियोगिताको उद्घाटन शत्रको सञ्चालन नेपाली कांग्रेसका नगर सचिव ईश्वरीप्रसाद देवकोटाले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस लम्कीचुहा नगर तथा आसपासका स्थानीय तहका वडा सभापति, वडा अध्यक्ष, नेपाली कांग्रेसका नगर, क्षेत्र, जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य एवम् नेपाली काग्रेसका भातृ तथा सुबेक्षुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । — देवानन्द न्यौपाने

प्रतिक्रिया