शनिबार, वैशाख १५, २०८१

भारत र चीन सीमानामा सुरक्षा पोस्ट थपिने

नेपालखोज २०७६ पुष ४ गते ६:५८

४ पुस, काठमाडाैं । सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट–बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ ।

नेपाल–भारत सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न एक सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सीमानामा चार पोस्ट बढाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया