शुक्रबार, वैशाख १४, २०८१

बलात्कार प्रयासको आरोप लागेका वडाध्यक्ष सहित तीनै जना धरौटीमा रिहा

नेपालखोज २०७६ पुष ४ गते १३:२७

४ पुस, सप्तरी । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साहसहित तीन जना १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश जवाहर प्रसाद सिंहको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

३४ वर्षीया महिलाले आफूमाथि वलात्कार प्रयास गरेको भनेर उजुरी दिएपछि प्रहरीले वडा अध्यक्ष साह सहित तीन जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । वडा अध्यक्ष साह सहित प्रहरीले सोही ठाउँका अनिल राय र मो. नसिमलाई पक्राउ गरेको थियो ।

उनीहरु जनही १५ हजार धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।

वडा अध्यक्ष साह पक्राउ परेपछि उनको रिहाइको माग गर्दै शम्भुनाथ नगरपालिकाको कामकाज अनिश्चितकालका लागि बन्द गरिएको थियो।

मंसिर २२ गते प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया