शुक्रबार, वैशाख १४, २०८१

टोखा पुगेर कांग्रेस नेता महतले भने ‘नेकपाले निषेधको राजनीति गर्दै छ’

नेपालखोज २०७६ पुष ४ गते १५:४३

४ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले निषेधको राजनीति गरेर जनतालाई दुःख दिएको आरोप लगाएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का पार्टी उपसभापति स्व. माधवकुमार अधिकारीको श्रद्धाञ्जली सभालाई शुक्रबार टोखामा सम्बोधन गर्दै सहमहामन्त्री महतले जनतालाई विचारका आधारमा सरकारले सताउने गरेको आरोप लगाएका हुन् ।

उनले विचारका आधारमा जनतामाथि निषेधको राजनीति गरिए लोकतन्त्रलाई आलोचित बनाउने भन्दै सरकारलाई सच्चिन आग्रह समेत गरे ।

प्रतिक्रिया