शुक्रबार, चैत १६, २०८०

भुटानी शरणार्थीको सहयोगकालागि संयुक्त राष्ट्र संघीय उच्च आयोगले खोलेको कार्यालय नै बन्द

नेपालखोज २०७६ पुष ४ गते १५:५५

४ पुस, काठमाडौँ । पूर्वी नेपालका शिविरमा बस्दै आएका भुटानी शरणार्थीलाई विगत २९ वर्षदेखि सहयोग गर्दै आएको शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआर) ले आफ्नो कार्यालय बन्द गर्ने भएको छ ।

सहयोगका सबै कार्यक्रम स्थानीय सरकारलाई हस्तान्तरण गरेर उच्च आयोग झापाबाट बाहिरिन लागेको हो । यसको तयारी स्वरूप हाल शरणार्थी शिविरमा यूएनएचसीआरका तर्फबाट गरिँदै आएका सबै सहयोग हस्तान्तरणको प्रक्रियामा पुगिसकेको छ ।

आयोगले झापाको दमकमा आयोजना गरेको एक कार्यक्रममा दमक कार्यालयका प्रमुख के फान्साले आयोगले सन् २०२० मै झापा कार्यालय बन्द गर्ने जानकारी दिए ।

उनले शिक्षा, आवास तथा अन्य जीविकोपार्जनका कार्यक्रम एल डब्लु एफ, आम्दा र कारितास जस्ता संस्थाबाट हुने जानकारी दिए । यूएनएचसीआरको तथ्यांक अनुसार मोरङको पथरीशनिश्चरे र दमकको बेलडाँगी शिवरमा अब ६ हजार ४ सय भुटानी शरणार्थी बाँकी रहेका छन् ।

प्रतिक्रिया