बुधबार, वैशाख १२, २०८१

नागरिकता सम्बन्धि कानुन बारे दिल्लीबाट बोले मोदी

नेपालखोज २०७६ पुष ४ गते १६:०४

४ पुस, काठमाडौँ । नागरिकता कानुनसम्बन्धि ऐनलाई लिएर भारतभर आन्दोलन चर्किरहेका बेला त्यँहाका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशको हितमा काम गर्दा जनताको आक्रोशलाई सहनुपर्ने र आरोपलाई पचाउनुपर्ने बताए ।

शुक्रबार दिल्लीका १२ स्थानमा निषेधाज्ञा जारी भइरहकै समयमा प्रधानमन्त्री मोदीले भारतीय उद्योग तथा वाणिज्य संघले गरेको कार्यक्रममा सम्बोधन गर्दै २०२० को नयाँ दशक सबैका लागि खुशी र समृद्धिको दशक हुने बताए । उनले भारतीय अर्थ व्यवस्थामा सुधार आइरहेको र आगामी दशकमा यसमा अझै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया