बिहीबार, चैत १५, २०८०

सहिद स्मारक ए डिभिजन लिगमा च्यासल र मच्छिन्द्रले अंक बाडे

नेपालखोज २०७६ पुष ४ गते १६:०९

४ पुस, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र मच्छिन्द्र क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको २७ मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासल युथ क्लबलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन २ मिनेट बाँकी छँदा देवेन्द्र तामाङको माध्यमबाट मच्छिन्द्रले बराबरी गोल फर्काउन सफल भएको थियो ।

बराबरीसँगै ४ अंक जोडेर च्यासल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो सिजनमा पुछारबाट दोस्रो भएको मच्छिन्द्रको ३ अंक रहेको छ ।

प्रतिक्रिया