बुधबार, वैशाख १२, २०८१

नेविसंघले आज पनि सानेपामा धर्ना दियो, माग पुरा नभए आमरण अनशनमा बस्ने चेतावनी

नेपालखोज २०७६ पुष ४ गते १७:०३

४ पुष, काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध केही विद्यार्थीहरुले आफ्नो माग पूरा गर्न दबाव दिदै आज पनि पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् ।

३२ बर्षे उमेर हदको प्रावधान उल्लंघन् नगर्न माग गर्दै नेविसंघ आवद्ध केही विद्यार्थीहरुले आज पार्टी कार्यालयमा धर्ना दिएका छन् । ३२ वर्षे उमेर हदलाई खारेज गरे आमरण अनशनमा बस्ने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रिया