शुक्रबार, वैशाख १४, २०८१

भक्तपुरमा भोली सात घण्टा बिजुली नआउने

नेपालखोज २०७६ पुष ४ गते १७:११

४ पुष, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नयाँ ट्रान्सफर्मर चार्ज गर्नका लागि भोली भक्तपुरमा विहान ९ बजेदेखि अप्राह्न ४ बजेसम्म बिजुली काट्ने भएको छ ।

प्रसारणलाइनको क्षमता बढाउन प्राधिकरणले भक्तपुर सवस्टेशनमा १३२र११ केभीको नयाँ ट्रान्सफर्मर चार्ज गर्न लागेका कारण सात घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणका प्रशासकीय अधिकृत देवराज भट्टले जानकारी दिए ।

भोली नगरकोट, सूर्यविनायक, नलिनचोक, खोपासी, ठिमी, ब्रिक र कटुञ्जे फिडरअन्तर्गत पर्ने क्षेत्रमा बिजुली काटिनेछ । विद्युत आपूर्ति थप सहज बनाउन केही घण्टा बिजुली काट्न लागिएको र विद्युत काट्दा हुने असुविधाप्रति क्षमाप्रार्थी रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया