शुक्रबार, वैशाख १४, २०८१

रोजगारीका लागि विदेशिएका ५ सय ४५ नेपाली विदेशी जेलमा

नेपालखोज २०७६ पुष ४ गते १७:४३

४ पुष, काठमाडौँ । वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली श्रमिक विभिन्न देशका जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।

जसमा सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना, कतारमा ३५, साउदी अरबको जेद्दामा ३१, साउदी अरबको रियादमा २३, बहराइनमा ५ जना र ओमानको जेलमा ३ जना रहेका छन् ।

विदेशी जलेमा रहेका नेपाली श्रमिकलाई उद्धारका लागि पहल गरिरहेको बोर्डले जानकारी दिएको छ । विदेशी जेलमा रहेका श्रमिक के कस्ता कारणले जेल परेका हुन भन्ने विषयमा सम्बन्धीत देशसँग छलफल र परामर्श गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया