शनिबार, वैशाख १५, २०८१

दुर्लभ स्तनधारी डल्फिन संरक्षण गर्न सरकारको चासो

नेपालखोज २०७६ पुष ५ गते ७:३८

५ पुष, काठमाडौँ । विश्वमै दुर्लभ मानिएको स्तनधारी डल्फिन संरक्षणमा नेपाल सरकारले चासो देखाएको छ । नेपालमा पनि डल्फिन रहेको ०५८ सालमै पत्ता लागेको थियो । तर, सरकारी तवरबाट संरक्षणको प्रयास नभए पछि स्थानीयले यसको संरक्षण गर्दै आएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डल्फिनको प्रजाति संरक्षण कार्ययोजना निर्माण गर्ने तयारी गरेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागले संरक्षण कार्ययोजना निर्माणका लागि प्रस्ताव आह्वान गरिसकेको छ । कार्ययोजना निर्माण गरी डल्फिन संरक्षण गर्ने विभागको तयारी छ ।

चालु आव वर्षभित्र कार्ययोजना निर्माण गरी संरक्षण सुरु हुने श्रेष्ठले बताए । सरकारी बेवास्ताका कारण डल्फिन संरक्षण सबैभन्दा ठूलो समस्या रहेको बताउँदै स्थानियले राज्यस्तरबाटै डल्फिन संरक्षित क्षेत्र घोषणा हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया