शुक्रबार, वैशाख १४, २०८१

भारतमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, प्रदर्शन जारी

नेपालखोज २०७६ पुष ५ गते ७:४२

एजेन्सी । भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा मृत्यु हुनेकोे संख्या १३ पुगेको छ । सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनमा हिजो शुक्रबार थप ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको बताइएको छ । प्रहरी धरपकडमा ३२ जना घाइते भएका छन । दिल्ली, उत्तरप्रदेश लगायतका ठाउँमा प्रदर्शन चर्किएको छ । सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन कायमै छ ।

दिल्ली, मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारसलगायत झण्डै आधादर्जन जिल्लामा प्रहरीको निषेधाज्ञा तोड्दै हजारौ नागरिक सडकमा निस्किएर प्रदर्शन जारी राखेको अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

प्रतिक्रिया