शुक्रबार, वैशाख १४, २०८१

माग्ने सरहित बन्दै काठमाडौँ, चाररातमा दुई सय पन्ध्र बेसहाराको उद्धार गर्याे

नेपालखोज २०७६ पुष ५ गते ८:४१

५ पुष, काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले चार रातमा सडक किनारामै सुत्ने २सय १५ जना व्यक्तिलाई उद्धार गरेको छ । महानगरपालिकाले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा गत मङ्सिर २९ गतेदेखि पुस २ गतेसम्म उद्धार अभियानमा चलाएको थियो ।

अभियान सुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ जनाको उद्धार भएको थियो भने दोस्रो दिन १० महिला, ४५ पुरुष, एक बालक र एक बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो । पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।

उद्धार गरिएका मध्ये १२९ पुरुष, १४ महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको मानव सेवा आश्रमका प्रदेश नं ३ का इन्चार्ज सुमन बर्तौलाले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया