बुधबार, वैशाख १२, २०८१

गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

नेपालखोज २०७६ पुष ५ गते ८:५५

५ पुष, गुल्मी । गोठमा आगलागी हुँदा गुल्मीमा एक जनोका मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–३ स्थित नयाँ पोखरामा गएराति एक गोठमा आगलागी भएको हो ।

गोठ जल्दा स्थानीय ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको वडा अध्यक्ष तोयानाथ सापकोटाले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानीय चिन्ताबहादर नेपालीको गोठमा नरबहादर राति आएर सुतेका थिए ।

आगलागी हुँदा गोठमा बाँधिएका एक हल गोरु र एउटा भैंसीसमेत जलेका प्रहरीले जनाएको छ । आगो कसरी लागेको हो भन्नेबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया