बिहीबार, वैशाख १३, २०८१

बाक्लो हुस्सुले हवाई उठान प्रभावित, यात्रु मर्कामा

नेपालखोज २०७६ पुष ५ गते ११:३७

५ पुष, काठमाडौँ । बाक्लो हुस्सु र कुहिरोका कारण उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको छ ।

बिहान केही समय उडान भएको माउन्टेन फ्लाइट पनि बन्द गरिएको छ । उडानको पर्खाइमा रहेका यात्रुहरुका कारण आन्तरिक टर्मिनलको बिश्राम कक्ष भरिएको छ ।

मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका क्षेत्रमा हुस्सु र शितलहरका चलेको छ । दिउँसोबाट हुस्सु कुहिरो हट्दै जाने मौसमविदले बताएका छन् । मौसम सफा नभएका कारण उडान हुन नसकेको हो ।

आगामी २४ घण्टासम्म तराईका भूभागहरुमा राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आउने पूर्वानुमान छ ।

प्रतिक्रिया