मंगलबार, वैशाख ४, २०८१

ईङ्लिस प्रिमियर लिग फुटबल बराबरीमा

नेपालखोज २०७६ पुष ५ गते २१:११

५ पुस, काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनसंग गोल रहित बराबरी खेलेको छ ।

शनिबार नयाँ प्रशिक्षक मिकेल अर्टेटाको नेतृत्वमा मैदान उत्रिएको आर्सनलले घरेलु टोली एभर्टनसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको पुर्व सन्ध्यामा आर्सनलले अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

साविक विजेता म्यान्चेष्टर सिटीमा पेप ग्वार्डीवालाको सहायक भएर काम गरिरहेका अर्टेटालाई आर्सनलले मुख्य प्रशिक्षक बनाएको हो ।

उनले एक अंक लिएर प्रिमियर लिगमा मुख्य प्रशिक्षकमा करियरको सुरुवात गरेका छन् ।

खेलकै दौरान एभर्टनले मुख्य प्रशिक्षकमा कार्लोस एन्सेलोटीलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नियुक्त भएलगत्तै एन्सेलोटीले एभर्टनको खेल हेरेका थिए ।

उनीलाई भर्खरै जर्मन क्लब बार्यन म्युनिखले प्रशिक्षकबाट हटाएको थियो । स्पेनिस क्लब रियल मड्रिड समेत हेरिसकेका एन्सेलोटीले अब एभर्टनलाई नेतृत्व दिनेछन् ।

तीन पटक च्याम्पियन्स लिग जितेको एन्सेलोटीले मार्को सिल्भाको स्थान लिनेछन् । उनलाई सन् २०२४ सम्मका लागि क्लबले अनुबन्धन गरेको हो ।

बराबरीसंगै आर्सनल २३ अंक सहित नवौं स्थानमा छ । एभर्टन १९ अंक सहित १५ औं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया