शुक्रबार, चैत १६, २०८०

 निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल रुख कटान नगर्न सर्वोच्चको आदेश

नेपालखोज २०७६ पुष ६ गते १९:३५

६ पुस, काठमाडौँ , सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि तत्काल रुख कटान नगर्न आदेश दिएको छ । गत मंसीर २० गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले अर्को आदेश नआएसम्म रुख कटान नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आईतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलाशले सोही अन्तरिम आदेशलाई निरन्तरता दिएकोे हो ।

रञ्जु हजुर पाँडे क्षेत्री, डा. विजय कुमार सिंह दनुवार, पंकज कुमार कर्ण, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र पूर्व प्रशासक डा. द्वारिकानाथ ढुंगेलसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । यसअघिको आदेशमा विपक्षीसँग लिखित जवाफ मागिएकाले लिखित जवाफ आएपछि सुनुवाई गर्ने भन्दै मुद्धालाई हेर्दाहेर्दैमा राखिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय प्रदेश नंबर २ र प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरणलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया