शुक्रबार, वैशाख १४, २०८१

बसकाे ठक्करबाट घाइते पन्तकाे मृत्यु, गाडी आगजनी गरेको आरोपमा नेविसंघका केन्द्रीय सदस्य चेतन पक्राउ

नेपालखोज २०७६ पुष ७ गते १२:१७

७ पुष, काठमाडौं । यात्रुबाहक बसकाे ठक्करबाट घाइते भएकी छात्राकाे उपचारका क्रम मृत्यु भएकाे छ ।

चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई आज (सोमबार) बिहानै बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले सुकेधारा नजिकै ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित भएका पशुपति क्याम्पसका विद्यार्थीहरूकाे भीडले ठक्कर दिने बसकाे सट्टा अन्य गाडी चाबहिलमा जलाइदिएका थिए । विद्यार्थीकाे भीडले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने अन्य गाडी पनि तोडफोड गरेका प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते पन्तलाई उपचारकाे लागि चाबहिलकै ओम अस्पतालमा लगिएकाे थियाे ।

उनलाई ठक्कर दिएर बस भागे पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया