बिहीबार, वैशाख १३, २०८१

चालु अधिवेसनमा टेबलका लागि संसदमा ४ नयाँ विधेयक दर्ता

नेपालखोज २०७६ पुष ७ गते १४:५७

७ पुस, काठमाडौँ । संघीय संसदको चालु हिउँदे अधिवेशनमा चारवटा नयाँ विधेयक दर्ता भएका छन् । प्रतिनिधिसभातर्फ कारागारसम्बन्धि कानुन संशोधन र पशु स्वास्थ्यसेवा सम्बन्धी २ विधेयक दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रियसभामा विशेष सेवा र नीति अनुसन्धान प्रतिष्ठान सम्बन्धी दुई वटा विधेयक दर्ता भएका छन् । यस्तै, चौथो अधिवेशनबाट आएका २४ वटा विधेयक विचाराधिन अवस्थामा छन् ।

प्रतिनिधिसभामा नागरिकता सम्बन्धी विधेयक लगायत विचाराधीन छन् । यस्तै, राष्ट्रियसभाका समितिमा मिडिया काउन्सिल, संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध व्यवस्थित गर्ने, इन्जिनियरिङ परिषद् र काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन विधेयक विचाराधीन छन् ।

प्रतिक्रिया