शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंमा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै

नेपालखोज २०७६ पुष ८ गते ७:१२

८ पुस, काठमाडाैं । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ ।

भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिए ।

काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को डीपीआर मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा रहेको छ । डीपीआरको मस्यौदा प्राधिकरणलाई प्राप्त भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया