बुधबार, वैशाख १२, २०८१

सोमबार एकै दिन २ सय ६० सवारीमाथि कारबाही

नेपालखोज २०७६ पुष ८ गते ७:२७

८ पुष, काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार (हिजो) एकै दिन २ हजार २३ सवारीसाधन र चालकमाथि ट्राफिक कारबाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ती सवारीसाधन तथा चालकलाई काठमाडौं, ललितपुर र भक्तपुरबाट कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी फुटपाथमा पार्किङ गर्ने २ सय ६० रहेका छन् । सोही दिन लेन अनधिकृत पार्किङ गर्ने १ सय २१ सवारीको ह्विल लक, लेन अनुशासन पालना नगर्ने १ सय १९, मापसे गरी सवारी चलाउने ८९, सिसिटिभीमार्फत निगरानी गरी ८३, निषेधित क्षेत्रमा हर्न बजाउने ७६, जेब्राक्रसिङमाथि सवारी रोक्ने ४८, भाडाका कार ट्याक्सी ३५ तथा टिपर २३ लाई कारबाही गरिएको महाशाखाले जनाएको छ । सोमबार (हिजो) १ हजार १ सय ६९ सवारीसाधनमाथि पनि विभिन्न कारबाही गरिएको थियो ।

उक्त दिन उपत्यकामा ३९ सवारी दुर्घटनामा भएका छन् । ती दुर्घटनामा १ जनाको मृत्यु तथा २२ जना सामान्य र १ जना गम्भीर घाइते भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया