बुधबार, वैशाख १९, २०८१

लाभांश वितरण गर्न एनटीसीले बोलायो साधारण सभा

नेपालखोज २०७६ पुष ८ गते १०:४६

८ पुष, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रदान गर्ने भनेको लाभांश वितरण गर्न उक्त सभा बोलाएको हो ।

कम्पनीले आफ्ना लगनानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रति शेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

त्यस्तै उक्त लाभांश वितरण साथै अन्य प्रस्ताव बारे छलफल गर्न कम्पनीले यही पुस २९ गते बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने छ ।

प्रतिक्रिया