बुधबार, वैशाख १९, २०८१

छोरालाई स्कुल पुर्‍याउन गएका बाबुकाे ट्रककाे ठक्करबाट मृत्यु

नेपालखोज २०७६ पुष ८ गते ११:३९

८ पुष, काठमाडाैँ । काठमाडाैँकाे गुर्जुधारामा मंगलबार बिहान ट्रकको ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । ठक्करबाट छाेरालाइ स्कुल पुर्‍याउन गएका अर्जुनबहादुर केसीकाे घटनास्थलमै मृत्यु भएकाे हाे । मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने ‘सामान्य घाइते’ रहेको प्रहरीले जनाएकाे छ ।

पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका केसी कलंकीस्थित एलआरआई स्कुलमा छोरालाई पुर्‍याउन मोटरसाइकलमा गइरहेका थिए । साेही बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको उनकाे मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार घाइते छाेराकाे ओम समाज हस्पिटलमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ठक्कर दिएर भागेको ट्रकको खोजी भइरहेको छ भने मृतक केसीको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएकाे छ ।

प्रतिक्रिया