शुक्रबार, चैत १६, २०८०

भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

नेपालखोज २०७६ पुष ९ गते ६:४८

९ पुस, काठमाडौं । वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ ।

सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् ।

सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको छ ।

गुल्मी रेसुंगाका अनिल बिक, सन्दीप बिक, दीपकबहादुर सुनार र बराह नपा सुनसरीका सन्तोष विष्टसँग मलेसियाको साउदी अवरको प्लाष्टिक कम्पनीमा रोजगारीमा जान महाराजगञ्ज काठमाडौंस्थित लाइभ इन्टरनेसनल ओभरसिजले चार लाख ५० हजारभन्दा बढी असुलेको पाइएको छ । यो समाचार आजको कारोबारमा गोपाल संग्रौलाले लेखेका छन् ।

प्रतिक्रिया