बिहीबार, वैशाख १३, २०८१

कपाल झर्दा मानिसमा हुने भ्रमहरु, यस कारण झर्छ कपाल !

नेपालखोज २०७६ पुष ९ गते ७:०२

हरेक मानिसलाई आफ्नो कपाल कालो, लामो र बाक्लो होस भन्ने चाहान्छन् । साथै सुन्दर कपाल मानिस स्वस्थ हुनुको पर्यायवाची पनि मान्न सकिन्छ । हुनत कपाल झर्दैमा वा पातलो हुँदैमा मानिस अस्वस्थ हुन्छ भन्न खोजिएको होइन । तर, सुन्दर र आकर्षक कपाल हुने मानिसलाई सामान्यतया स्वस्थ मान्न सकिन्छ ।

कपाल झर्ने समस्यालाई अंग्रेजीमा ‘एलोपेसिया’ भनिन्छ । ‘एलोपेसिया’ ग्रीक शब्द ‘एलोपेक्स’बाट आएको मानिन्छ । जसको अर्थ फ्याउरो हो जसको वर्षमा दुई पटक बाहिरी पत्र झर्ने गर्छ । वास्तवमा एलोपेसिया एउटा कुनै रोग नभई विभिन्न रोगहरुको लक्षण हो । यसलाई ज्वरो जस्तै मान्न सकिन्छ ।

कपाल झर्दा मानिसमा हुने भ्रमहरु
१. मैले तातो पानीले नुहाउन थालेदेखि मेरो कपाल झर्न थाल्यो ।
२. म विदेश गए देखि मेरो कपाल झर्न थाल्यो किनकि त्यहाँ पानि नुनिलो थियो
ि३. मैले कपालमा ‘हेअर डाइ’ लगाउन थालेदेखि मेरो कपाल झर्न थाल्यो।
४. मैले त हेल्मेट लगाउन थाले देखि मेरो कपाल झर्न थाल्यो।
५. मेरो कपाल स्ट्रेट गरेदेखि झर्न थाल्यो ।
६. मैले टोपी लगाउन थालेदेखि मेरो कपाल झर्न थाल्यो ।
७. मेरो त स्ट्रेसको कारणले झरेको हो ।
८. मेरो त कपालमा चाया आउने समस्याको कारणले झरेको हो ।

कपालको जीवनचक्र
कपाल किन झर्छ भन्ने कुरा सुरु गर्नु अघि यसको जीवन चक्रको बारेमा केही उल्लेख गर्न चाहन्छु । कपाल बृद्धि भएर झर्ने क्रममा तीन ओटा चरण हुन्छन ।
१ ) एनाजिन
२ ) क्याटजिन
३ ) टेलोजिन

एनाजिन – कपालको बृद्धि विकास हुने विभिन्न चरण मध्ये यो पहिलो चरण हो । यो चरण केही महिनादेखि केही वर्षसम्म चलिरहन्छ । यो चरणमा कपालको लगातार बृद्धि हुन्छ ।

क्याटजिन – यो कपालको जीवन चक्रको दोश्रो चरण हो । यसमा कपाल लगातारको बृद्धिको चरणबाट आरामको चरणतिर पुग्छ । यसको अवधि सामान्यतया ३ हप्ता को हुन्छ ।

टेलोजिन – यो तेस्रो तथा अन्तिम अवस्था हो । सामान्य अवस्थामा हामीले कपाल कोर्दा वा नुहाउदा झर्ने कपालहरु यही अवस्थामा हुन्छन । यसको अवधि ३ हप्ता देखि ३ महिनासम्म हुन्छन ।

प्रतिक्रिया